लागु औषध कारोबारीको संजाल प्रदेशभरी पुगेको छः मन्त्री साउद

धनगढी । सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट साउदले खुला सीमा लागू औषध ओसारपसारको मुख्य चुनौती भएको बताएका छन् । शुक्रबार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसको अकसरमा आयोजना गरेको लागू औषध तथा कार्यक्रममा बोल्दै मन्त्री साउदले प्रदेश सरकार कुलतबाट युवालाई बताउन लागि परेको बताए ।
लागू ओषधबाट युवालाई बचाउन सरकारमात्र नभएर समाजक‌ दायित्व भएको बताउदै मन्त्री साउदले बालबालिकालाई कुलतबाट बचाउन अभिभावक जिम्मेवार हुनुपर्ने बताए । उनले घरबाटै लागू ओषध तथा कुलतबाट पनि जनाकारी गराउनु पर्नेमा जोड दिए ।
“लागू ओषध ओसारपसार तथा प्रयोगबाट युवा जनशक्तिलाई बचाउन डण्डा लगाएर वा जेल कोचेर मात्रै सम्भव छैन । सिंगो समाज एकजुट भएर लाग्नुपर्छ, त्यो घरबाटै सुरु गर्नुपर्छ” मन्त्री साउदले भने । उनले भारतसँगको खुला सीमा भएकाले कारण प्रदेशमा लागु औषध तथा दुव्र्यसन थप चुनौती बन्दै गएको बताए ।
लागू औषध ओसारपसारको जालो प्रदेशभर फैलिसकेको बताउँदै मन्त्रीले यसलाई रोक्न नसके दस वर्षमा कल्पना गर्न नसकिने अबस्था सिर्जना हुने बताए । उनले प्रदेश सरकारले पुनःस्थापन केन्द्र खोल्ने मन्त्रालयको योजना भएको जानकारी समेत दिए । कार्यक्रममा प्रदेशसभा सदस्य लक्ष्मी बिकले कुलतरहित समाज निर्माण नगरे देश नबन्ने बताइन् ।