काठमाडौंमा थारु महिलाहरुले भव्ययताका साथ अस्टिम्की मनाए
कैलाली, २१ भदौं । काठमाडौंमा बस्दै आएका थारू समुदाय महिलाहरु भव्यताका साथ अस्टिम्की मनाइएको छन् ।
“आपन संस्कृति आपन पहिचान इहि बचैना हमार अभियान” भन्ने मूल नारासहित अग्रासन थारू महिला समुहको मुल आयोजनामा विजुलीबजारस्थित क्रिष्टल पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि अस्टिम्की मनाएका हुन् ।
न्यौछार थारू महिला समूह, बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, निस्राउ गु्रप लगायत २ दर्जन बढी संघ संस्था अस्टिम्की कार्यक्रमको सहआयोक थिए ।
कार्यक्रममा लेखक तथा अष्टिम्की विषयमा विद्यावारिधि गरेका डा. कृष्णराज सर्वहारीले अस्टिम्की पर्वको विविध महत्वबारे प्रष्टयाएका थिए । उनले अस्टिम्कीमा बनाइने चित्रकलाको बारेमा व्याख्या गरे । साथै चित्रकलाले प्रकृति र थारू जातिको आत्मीय सम्बन्ध रहेको तर्क दिए । मूल रुपमा अस्टिम्कीमा कान्हाको पूजा गरिने भए पनि यसमा गाइने काव्यमा खेतीपातीको प्रसंग सल्किने बताए ।

त्यसै गरी, कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री, काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य माननीय डा. गोपाल दहितले थारू समुदायले आफ्नो भेषभूषा तथा संस्कृति वचाउनु पर्ने तथा थारू संस्कृतिलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा राखे । उनले थारू कला र संस्कृति संरक्षणमा सरकारको विशेष ध्यान जान जरुरी रहेको बताए ।
कार्यकक्रमा, तेजुलाल चौधरी, अरुणकुमार चौधरी, थाकसका महामन्त्री प्रेमीलाल चौधरी, थाकसका सहमहामन्त्री मिनराज चौधरी, कुछत नारायण चौधरी लगायतले आ–आफ्नो व्यक्त गरेका थिए ।
अग्रासन थारू महिला समुहका उपाध्यक्ष किरण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा गायक दोषहरण चौधरी तथा कलाकार अन्जु चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।













