अस्टिम्कीको अवसरमा मट्का फोड्ने कार्यक्रम

कैलाली, २० भदौं । कैलाली बहुमुखी क्याम्पस अन्तर्गत थारु विद्यार्थी समाजले सामुहिकरुपले अस्टिम्की मनाएका छन् । कल्याणकारिणी सभा कैलाली सहकार्यमा विद्यार्थीहरुले सामुहितरुपले अस्टिम्की मनाएका हुन् ।

विद्यार्थीहरुले अस्टिम्कीको अवसरमा मट्का फोड्ने कार्यक्रमपनि आयोजना गरेको थारु विद्यार्थी समाज कैलाली बहुमुखि क्याम्पसका अध्यक्ष लोकेन्द्र चौधरीले जानकारी दिए । कार्यक्रममा भाग लिएका मध्ये लोकेन्द्र चौधरी र सरोज चौधरीले मट्का फुटाएका थिए । उनीहरुलाई आयोजक टीमले जनही एक हजार पाँच रुपैयाँ पुरस्कार दिएको थियो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इन्दु थारु, कैलालीका का.बा. सभापति माधब चौधरी, थारु विद्यार्थी सभाजका केन्द्रीय उपाध्यक्ष ठाकुर करिया प्रधान, थारु नागरिक समाजका सदस्य बसन्ती चौधरी लगायतको सहभागिता रहेको थियो ।