काठमाडौंमा थारु महिलाहरुले सामुहिकरुपमा अष्टिम्कीको दर खाए

कैलाली, २० भदौं । थारु समुदायलय श्रीकृष्णजन्माष्टमीको दिन अस्टिम्की मनाउने गर्दछन् । आजको दिन देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाउने गरिन्छ ।

केही वर्ष यता थारु समुदायका महिलाहरु सामुहिकरुपमा अस्टिम्की कार्यक्रम मनाउँदै आएका छन् । तर यो वर्ष काठमाडौं केन्द्रीत थारु महिलाहरुले सामुहिकरुपमा दर खाएर अस्टिम्की कार्यक्रम मनाउने तयारी गरेको अग्रासन थारु महिला समुहका संयोजक किरण चौधरीले जानकारी दिईन् ।

उनका अनुसार थारु महिलाहरु गत मंगलबार साँझा सामुहिकरुपमा दर खाएको र आज साझा संगै अस्टिम्की टिक्ने कार्यक्रम रहेको बताईन् । आज थारु समुदायका महिलाहरुले निर्जल ब्रत बस्ने र घरको भित्तामा कृष्ण लिलाका तस्बीर बनाएर साँझा पुजापाठ गर्ने चलन रहेको छ ।

अन्य समुदायमा भने कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन पनि छ ।