दिगो विकासका लक्ष्य पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध

कैलाली, १९ भदौं । सुदूरपश्चिम प्रदेश सरकारले बालबालिकाहरुको समग्र विकासकालागि सम्बन्धित संघसंस्थासंग प्रत्यक्ष सहकार्य गर्न तयार रहेको बताएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले स्थानीय स्तरमा बालबालिकाहरुको अवस्था विश्लेषण तथा बार्षिक प्रगति समिक्षा कार्यक्रम यस्तो बताएका हुन् । उनले सुदूरपश्चिम प्रदेश भित्रका बालबालिकाहरुको हरेक विकासको लागि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहले बताए ।

उनले प्रदेश सरकार दिगो विकासका लक्ष्य पुरा गर्न प्रतिबद्ध रहेको बताउँदै यहाँको विकासकालागि सम्बन्धित संघसंस्थासंग सहकार्य गर्न आग्रह समेत गरे ।

त्यसैगरी सामाजिक विकास मन्त्री झपड साँउदले सुदूरपश्चिम प्रदेशमा बालबालिकालाई कुपोषणको समस्या देखिएकोले यस्ता समस्या सामाधानकोलागि अभिभावकहरुसंग पैरवी गर्ने कार्ययोजना बनाईरहेको बताए ।

उनले नेपालमा खाना नै नपाएर कुपोषण हुनु भन्दापनि खाना खाना नजानेर धेरै बालबालिकाहरु कुपोषित भएको तर्क दिए । अभिभावकहरु आफ्नो बच्चाहरुलाई जंगफुड खानाको मात्रा बढाएको कारण पनि बच्चा कुपोषणमा परेको देखिएको मन्त्री साउँदले बताए ।

कार्यक्रममा आयोजक संस्थाले १६ वटा पालिकामा बालबालिकाको अवस्था विश्लेषण तथा रणनीतिक योजना निर्माण गरेको जानकारी दिए । यस्तै ११२६१ जनालाई जीवन उपयोगी तथा कौशल सीप, ८८९६ जनालाई अभिभावकलाई सकारात्मक अभिभावकत्व तालिम र २५०१ बालबालिकालाई मनोविमर्श परामर्श दिएको बताए ।

यस्तै स्थानीय पालिकाहरुमा पनि स्कुल स्कुलमा सेनेटरी प्याड, खानेपानी, बालबालिकाहरुलाई छुट्टा छुट्टै चर्पी, सबै बालबालिकालाई पहुच हुने शिक्षा लगायतको व्यवस्था गरिएको बताए ।