न्याय सेवा अन्तर्गतको शाखा अधिकृतमा चार थारु यूवा सिफारिस
कैलाली, १६ भदौं । लोक सेवा आयोगले प्रकाशन गरेको न्याय सेवा अन्तर्गतको शाखा अधिकृत (सरकारी वकिल) मा थारु समुदायबाट चार जना सिफारिस भएका छन् ।
सिफारिस हुनेमा तीन जना महिला एक पुरुष गरि चार जना नाम निकाल्न सफल भएका छन् ।
लोक सेवामा नाम निकालेका विष्णु चौधरी, ज्योती चौधरी, पुजा चौधरी र उमेश बिजयश्री थारु रहेका छन् ।













