मनसुन अवधिको विपद्‌मा परी ७३ जनाको मृत्यु

काठमाडौं, १४ भदौं । यस वर्ष मनसुन अवधि (जेठ ३१ देखि भदौ ८ गतेसम्म) मा वर्षा, बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ।

यस वर्ष मनसुन अवधि (जेठ ३१ देखि भदौ ८ गतेसम्म) मा वर्षा, बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको हो । यो अवधिमा १०२ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मनसुन अवधिमा मुलुकका १३५ ठाउँमा बाढी, ४२९ ठाउँमा पहिरो तथा ८३ वटा चट्याङका घटना भएका थिए। यसमध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए।

पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भएको कार्यकारी प्रमुख पोखरेलले बताए। यसैगरी भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भए।

यस वर्षको बाढी पहिरोबाट ३२६.८३ मेगावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२.७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ। त्यसबाट झन्डै रु आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ।

यस अवधिको बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङ्क छ। मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधार लगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए।

मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलुङ्गे पुल बगाउँदा करीब रु ४१ करोडको क्षति हुन पुगेको छ। बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ।

यस वर्षको बाढी पहिरोबाट ३२६.८३ मेगावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२।७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पूगेको छ। त्यसबाट झन्डै रु आठ अर्ब ५० करोड क्षति पुगेको अनुमान गरिएको छ।

यस अवधिको बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति भएको तथ्याङ्क छ। मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट रु १५ अर्बभन्दा बढी भौतिक पूर्वाधार लगायतका सम्पत्तिको क्षति भएको कार्यकारी प्रमुख पोखरेलले बताए।

मुलुकका विभिन्न स्थानमा चार मोटरेवल पुल र २२ झोलुङ्गे पुल बगाउँदा करीब रु ४१ करोडको क्षति हुन पुगेको छ। बाढीपहिरोका घटनाबाट २८ खानेपानी आयोजनामा क्षति हुँदा रु नौ करोड बराबरको नोक्सान भएको प्राधिकरणको अनुमान छ।

क्षति पुगेका ती पूर्वाधार तत्काल पुनःस्थापना गर्न रु १० अर्ब ५५ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको कार्यकारी प्रमुख पोखरेलले बताए। यस अवधिमा चट्याङ लागेर ११ स्थानमा, पहिरोबाट सात, पुल क्षतिबाट पाँच र लेदोसहितको पहिरो खस्दा आठ स्थानमा गरी देशका ३१ स्थानमा सडक अवरुद्ध भएका थिए।