‘टीकापुर विद्रोह दिवसपनि एक खाले आन्दोलन हो’
कैलाली । थारु कल्याणकारिणी सभा कैलालीको आयोजनामा टीकापुरको कान्छी बजारको खुला मञ्चमा विद्रोह दिवस मनाए ।
देशमा संरचना परिवर्तन हुदा थारु समुदायले पनि आफ्नो हक अधिकार माग गर्दैगर्दा टीकापुरमा आन्दोलन भयो र सोही आन्दोलनको क्रममा २०७२ साल भदौ ७ गते टीकापुरमा घटना भयो ।
टीकापुर घटनाले अहिलेपनि थारुहरु न्याय नपाएको बताउँछन् । राज्यले थारुहरुलाई अपराधको बिल्ला भिडाएर सार्वोच्व अदालतले समेत न्याय नदिएको थारु अगुवाहरु बताउँछन् ।
कल्याणकारिणी सभा व थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीको संयूक्त आयोजनामा भएको विद्रोह दिवसमा सम्पूर्ण टीकापुर राजबन्दी परिवारहरु प्रमुख अतिथि रहेका थिए । उनीहरु सम्पुर्णले एक अर्काको हात समातेर हामी एक जुट हुनुपर्छ भन्ने सन्देशकालागि एक अर्काको हात समातेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा टीकापुर राजबन्दी तथा पूर्व सांसद रेशमलाल चौधरीले आफू जेलबाट छुट्ने क्रममा प्रधानमन्त्री पुष्प कमल दहालसंग बाँकी राजबन्दीहरुलाई संविधान दिवसको अवसरमा छुटाउन पहल होस्भनि कुरा राखेको जानकारी दिए । उनी आफू बाँचुनजेल सम्म पहिचानको मुद्धामा अडिक रहेका प्रतिवद्धता समेत गरे ।
यस्तै कार्यक्रममा पूर्वमन्त्री रामजनम चौधरीले थारु समुदायको साझा मुद्दामा सबैले साझा बोली बोल्न जरुरी रहेको बताए । उनले थरुहट थारुवान प्रदेशको लागि सबैले निरन्तरता दिनुपर्नेमा जोड दिए । लाल आयोगको प्रतिबेदन सार्वजनिक नहुदा सम्म सत्यतथ्य बाहिर नआउने बताउदै टीकापुर विद्रोह दिवशपनि एक खाले आन्दोलन रहेको बताए ।
कार्यक्रममा प्रदे सभा सदस्य लक्ष्मण किशोर चौधरी, पूर्व माननीय कृष्णकुमार चौधरी, थाकस केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, रामचरण चौधरी, थारु नेता होरीलाल चौधरीलगायत थारु लगायतले मन्तव्य व्यक्त गरे ।
थारु कल्याणकारिणी सभा कैलालीके कार्यवाहक सभापति माधव चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम देशराज चौधरीलेसञ्चालन गरेका थिए ।













