सांसद अरुण चौधरी र भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा बीच भेटबार्ता
कैलाली, ३० साउन । कैलाली क्षेत्र नम्बर २ संघीय सांसद अरुण कुमार चौधरी र सुदुर पश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा बीच भेटबार्ता भएको छ । पछिल्लो समय सुदुर पश्चिम प्रदेशमा भइ रहेका सरकारका गतिविधि र बाढी पहिरो र नदि कटानको समस्या बारे छ्लफल भएको सांसद चौधरीको सचिवालयले जानकारी दिए ।
विषेशगरि कैलाली क्षेत्र नम्बर २ मा यो आर्थिक वर्षमा हुने विकासे योजना बारे सांसद चौधरीले चासो लिएका थिए बर्खामा हुने नदि कटान हुने क्षेत्रमा तटबन्ध,आवश्यक परेका ठाउँहरुमा झोलुङ्गे र पक्की पुल निर्माणम तिनै तहको सरकार लाग्नु पर्नेमा जोड दिएका थिए । भेटमा मन्त्री देउवाले प्रदेश सरकारले गर्ने कुराहरुमा कमि नगर्ने बताएका थिए ।
तिनै तहमा विजयी भएका प्रतिनिधि मिलेर प्रदेश लाई समृद्ध बनाउन लाग्नु पर्ने संघीय सांसद चौधरीले बताए । उनले भौतिक मन्त्री सङ्गै प्रदेश सरकारका राज्य मन्त्री गिता माल सङ्ग पनि भेट गरेका थिए । उनले नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री भएकाहरुलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिए ।













