बातचित घरको छैठौं श्रृखला : लेखनमा यूवा पुस्तालाई अह्वान

कैलाली । बातचित घरको छैठौं श्रृखलामा साहित्यकार दिलबहादुर चौधरीले यूवापुस्तालाई लेखन कार्यमा क्रियाशील हुन अह्वान गरेका छन् । उनले पछिल्लो अवस्थामा साहित्य लेखन ओझेल परेकोले नयाँ पुस्ताका यूवाहरुले कलम चलाउन आवश्यक रहेको उनको तर्क थियो ।

उनका अनुसार साहित्य समाजको ऐना रहेको बताए । सामाजमा हुने गतिविधिलाई समेतेर साहित्य मार्फत प्रस्तुत गर्दा गलत प्रबृतिको अन्त्य हुनेमा जोड दिए । सामाज रुपान्तरणकोलागि सबै भन्दो सजिलो माध्यम नै साहित्य रहेकोले साहित्य लेखन महत्वपूर्ण रहेको चौधरीले बताए ।

कैलालीमा स्थापना भएको बातचित घरले महिनाको अन्तिम शनिबार साहित्यक कार्यक्रम गर्दै आईरहेको छ । यसले नयाँ साहित्यकारको जन्म हुने र लेखनमा यूवापुस्ताको लगाब बढ्नेमा विश्वास रहेको बातचित घरका बरघर ठाकुर करिया प्रधानले बताए ।

साहित्यक कार्यक्रममा महेश कुचिला, सानु चौधरी, गिता चौधरी, मंगल चौधरी, शिव कठरिया लगायतले साहित्य बाचन गरेका थिए । कार्यक्रमको सहजिकरण सागर कुश्मीले गरेका थिए ।