राजनीतिमा महिला सहभागिता : ७९ मन्त्री मध्ये १० मात्रै महिला
कैलाली, २६ साउन । संघिय गणतन्त्रात्मक व्यवस्थामा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता ह्वात्तै बढेको देखिन्छ तर जिम्मेवारी पद अर्थात नेतृत्वमा अहिले पनि महिलाको संख्या न्यून नै छ ।
संविधानले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चत गरेपनि गठबन्धानले गर्दा निर्वाचन प्रणालीमा प्रत्यक्षबाट महिलाको संख्या घटेको थियो । सो संख्या पुर्तीगर्न सामानुपातिक प्रणालीबाट पुरा भएको हो ।
देशमा ८४ वटा मन्त्रालय छ । जहाँ ७९ मन्त्रालय विस्तार भईसकेको छ । यी मन्त्रालयमा पुरुषहरुको नै वश्च्व देखिन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा नेपालको संविधानको धारा ७६ बमोजिम गठन भएको मन्त्रिपरिषद्मा प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) उपप्रधान मन्त्री पूर्णबहादुर खड्का र नरायणकाजी श्रेष्ठ रहेका छन ।
उक्त मन्त्रीपरिषदमा २२ जना मन्त्री र ३ जना राज्य मन्त्री रहेका छन् । जहाँ तीन जना महिलालाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रेखा शर्मा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रञ्जिता श्रेष्ठ र शहरी विकास मन्त्रालयमा सिता गुरु· जिम्मेवारी पाएका छन् ।
त्यस्तै राज्य मन्त्रीमा सुशिला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, नन्दा चपाईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा र प्रमिला कुमारीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार पनि हालै पूर्णता पाएको छ । जहाँ माओवादी केन्द्र नेपाली काँग्रेस नागरिक उन्मुक्ति पार्टी र एकिकृत समाजबादी पार्टीको संयुक्त सरकार छ । सात वटा मन्त्रालय रहेको सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालय बाँडफाँडको क्रममा सबै मन्त्रालयमा पुरुषहरुले नै जिम्मेवारी पाए । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रलयमा गीता मालले भने राज्य मन्त्रीको जिम्मेवारी पाएका छिन् ।
यसरी हेर्दा सुदूरपश्चिम प्रदेशको मन्त्रालय महिला विहिन देखिन्छ । प्रदेश सभाको मन्त्रीपरिषद् बैठकमा महिला सहभागिता नै शून्य छ ।
यस्तै लुम्बिनी प्रदेशमापनि सात वटा मन्त्रालय छ । डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बनेको प्रदेशमा अर्थ, स्वास्थ्य, गृह, कृषि, सामाजिक र भौतिक मन्त्रालयमा सबै पुरुषहरुले नै मन्त्रालयको जिम्मेवारी पाएका छन् । यो प्रदेशमापनि महिला सहभागिता शून्य छ ।
यस्तै वागमति प्रदेशमा १२ वटा मन्त्रालय छ । शालिकराम जम्कट्टेल मुख्यमन्त्री रहेको प्रदेशमा आर्थिक, कानुन, सामाजिक, भौतिक, खानेपानी, कृषि, श्रम रोजगार, पर्यटन, स्वास्थ्य र वन तथा वातावरण मन्त्रालय छ । जहाँ दुई जना महिलाले मन्त्रालय समाल्ने जिम्मेवारी पाएका छन् ।
वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का र समाजिक विकास मन्त्रालयमा कुमारी मुक्तानले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । त्यसै गरी कर्णाली प्रदेशमा जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा उर्मिला विश्वकर्मले मन्त्रालय समाल्ने जिम्मेवारी पाएका छिन् ।
गण्डकी प्रदेशमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलयमा सुशिला सिंखडा, उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरस्वती अर्याल तिवारीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । भने मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरिता कुमारी शाह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा सुनिता यादबले मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
संविधानले हरेक निकायमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने प्रावधान ल्यएको छ । तर कार्यन्वयनमा भने देखिन्दैन । देशभरिको मन्त्रालयको तथ्यांक हेर्ने हो भने महिलाले पाएको जिम्मेवारी जम्मा १२.६५ प्रतिशत मात्रै देखिन्छ ।













