ग्यालेक्सी मा.वि का विद्यार्थीलाई विशेषज्ञबाट अभिमुखिकरण
कैलाली १९ साउन । ग्यालेक्सी माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि पेशागत दक्षता तथा मार्ग निर्देशनकालागि सम्बन्धित क्षेत्रका विशेषज्ञहरुबाट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकोछ ।
कार्यक्रममा विभिन्न पेशागत क्षेत्रका व्यक्तिलाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो । जसमा चिकित्सा क्षेत्रबाट सेती अञ्चल अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. निराजन शर्मा पौडेल, ईन्जिनियरिङ क्षेत्रबाट ई. मोह राज पौडेल र बैंकिङ क्षेत्रबाट नबिल बैंक धनगढी रातोपुल शाखा प्रमुख सन्जु खडका प्रशिक्षण दिएका थिए ।
प्रशिक्षकहरुले सम्बन्धित विषयमा विद्यार्थीहरुलाई जानकारी प्रदान गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन राज भट्टको उपस्थिति रहेको थियो ।













