परिवार नियोजनबाट २०२२ मा १३ हजारले लिए प्रजनन् स्वास्थ सेवा
काठमाण्डौँ । नेपाल परिवार नियोजन संघ, काठमाण्डौँ उपत्यका शाखाको ४३ औँ वार्षिक साधारण सभा एवम शाखा अधिवेशन सम्पन्न भएको छ । वाग्मती प्रदेशसभा सदस्य भुवनकेशरी श्रेष्ठको प्रमुख अतिथ्यता सो कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ, केन्द्रिय अध्यक्ष हिमालकसजुको विशेष अतिथि रहेका थिए ।
कार्यक्रममा शाखाका सचिव रवि श्रेष्ठले सन् २०२२ मा शाखा कार्यालयले सञ्चालन गरेका कार्यक्रमहरु, अपाङ्गता भएका व्यक्तिहरुको प्रजनन स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सेवा अन्तर्गतका कार्यक्रम युवा लक्षित रहेको जानकारी दिए ।
श्रेष्ठको वार्षिक प्रतिवेदनमा सन २०२२ मा १ लाख ८८ हजार ७६५ व्यक्तिहरु विभिन्न सेवाबाट लाभान्वित भएका छन् । अपाङ्गता अधिकार कार्यक्रममा मार्फत अपाङ्गता भएकै व्यक्तिहरुको सक्रियातामा ६७ वटा कार्यक्रम भएको जानारी दिए ।
साथै १३ हजारले यौन तथा प्रजनन् स्वास्थ सेवा लिएको उनले जानकारी दिए ।













