प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन, आजै दाहसंस्कार गरिने
काठमाडौ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालका श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ। दाहालको आज बिहान ८ः३३ मा निधन भएको नर्भिक अस्पतालले जनाएको छ।
दाहसंस्कारअघि सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने छ।
दाहालको दाहसंस्कारको लागि आज दिउँसो २ बजे पशुपति आर्यघाटमा हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।













