कानुन मन्त्री सिंहको निधनमा प्रदेश सरकारले भोली शोक विदा दिने

कैलाली, ५ असार । आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा सुदूरपश्चिमम सरकारले भोलि ६ गते प्रदेशभर शोक विदा दिने निर्णय गरेको छ ।

धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएका सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारीद्धारा हस्ताक्षर विज्ञप्ती प्रकाशित गर्दै प्रदेश भर भोली शोक विदा र नेपालको झण्डा आधा झुकाउने निर्णय गरिएको जनाएको छ ।