बाझांग दुर्घटना : कानुन मन्त्री सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु
कैलाली, ५ असार । धनगढीबाट बझाङ जाने क्रममा गाडी दुर्घटनामा परी घाईते भएकी सुदूर पश्चिमका कानुन मन्त्री पृथ्वी बहादुर सिंह दम्पत्ती सहित तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय सिंह सहित उनकी पत्नी ५० वर्षीया अमृता सिंह र ६५ वर्षीया भाउजु जया देवी सिंह रहेकी छन् । गाडी दुर्घटनामा परेका मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा र उनकी पत्नी अमृता र भाउजु जयाको बझाङको देउरास्थित पोलिक्लिनिकमा मृत्यु भएको घोषणा गरेका हुन् ।
मन्त्री सहित पाँच जना सवार गाडी मंगलवार दिउसो करीव १ ः ४५ बजे बझाङको केदारस्यूँ गाँउपालिका–१ झारछडामा दुर्घटना भएको थियो ।













