दुर्घटनामा परि कानुन मन्त्री सिंह भम्भिर घाईते, पत्नी र भाउजुको घटना स्थलमै मृत्यु
धनगढी, । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचार सुरु भएको छ ।
कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दुर्घटना भएको हो।
दुर्घटनापरि मन्त्री गम्भिर घाईते भएका छन् । बझाङस्थित रितु पोलिक्लिनिकमा सामान्य उपचार पश्चात रेफर गरि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको हो । उपचारमा संलग्न मेडिकल कलेजका डाक्टर राहुल डंगौरालाई उद्धृत गर्दै सुदूरपश्चिमकी सांसद गीता चौधरीले मन्त्री सिंहको उपचार सुरु भएको जानकारी दिइन् ।
मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । रितु पोलिक्लिनिकका डाक्टर रञ्जित चौरासियाले मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको बताए। साथै उनको नाकबाट अत्यधिक रक्तश्राव हुनुका साथै अक्सिजनको मात्रा तथा नाडीको चाल कम रहेको छ । तर मुटुको चाल भने अधिक रहेको बताइएको छ ।
उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।













