सशस्त्र प्रहरीले नाकामा मल नियन्तत्रणमा लिंदा किसान आक्रोशित
धनगढी, ४ जेठ । कैलालीको सीमावर्ती क्षेत्रमा रहेका किसान भारतीय बजारबाट रासायनिक मल ल्याउदै गर्दा किसान र सशस्त्र प्रहरीबीच विवाद उत्पन्न भएको छ । बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको हो ।
नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले बताए ।
स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याउन लागेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएका बताए ।













