धनगढीमा थप दुई दिन गर्मी बिदा
कैलाली ३१ जेठ । कैलालीको धनगढी उपमहानगर पालिकामा थप दुई दिन गर्मी बिदा दिइएको छ । पानी नपर्दा अत्याधिक गर्मी बढेपछि दुई दिन विदा थपिएको प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
यस अघि उपमहानगरपालिकाले २६ गते देखी चार दिन बिदा दिने निर्णय गरेको थियो । अब ३२ गते र १ गते पनि धनगढीमा गर्मी बिदा हुने भएको छ ।
साथै विज्ञप्तिमा गर्मी र लू बाट बच्न शिक्षक विद्यार्थी र अभिभावकहरुलाई सावधानी अपनाउन पनि आग्रह गरिएको छ।













