न्यायमा पहुँचकोलागि समन्वय बैठक
कैलाली, ३० जेठ । महिला तथा सिमान्तकृत समुदायको न्यायमा पहुचका लागि प्रदेश स्तरिय समन्वय बैठक सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, युएन डिपी र बहुउदेश्यीय विकास समाज पीसविन बाजुरा आयोजनामा बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा यूएनएफपीएका कृष्णा भट्राइले सबै खालको सेवा एकै ठाउँबाट प्राप्त हुने अवधारण ओसिएमसि रहेको बताउँदै यस सेवालाई प्रभावकारी बनाउन तर्फपनि सरकार गम्भिर हुनुपर्ने सुझाव दिए ।
ओसिएमसि अथवा सेभहाउसमा सेवा लिन आएकाहरुलाई पनि सहज पहुँचको लागि यस परियोजनाले काम गर्न आवश्यक देखिएको भ्टराईले बताए ।
यस्तै नागरिक समाजका प्रेम विकले जातिय विभेद, बालविबाह तथा न्यायमा पहुँच जस्ता कार्यक्रम लिएर जनतामा माझ जानु एकदमै राम्रो छ । तर यसको कार्यक्षेत्र फराकिलो बनाउनुपर्ने सुझाए ।
उनले धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशकै ठूलो शहरको रुपमा चिनिएपनि यहाँका जनता अहिलेपनि न्यायमा पहुँचबारे अनविज्ञ छन् । यहाँको समस्या लागुऔषध, लैगिक विभेद, हत्या हिंसा लगायतको समस्यामा जग्रिएर बसेका छन् । यस्ता सवालमा पनि ध्यान दिन जरुरीरहेको विकले बताए ।
बैठकमा कानुन संकाय सुदूरपश्चिम विश्वविद्यालयका डिम कर्ण बहादुर थापा, बार एशोसिएसनका तुलानन्द गिरी मुख्यमन्त्री कार्यालयका कानुन सचिब गंगाबहादुर खरेल, यूएनडिपीका बैजन्ती गिरी लगायतले मनतव्य व्यक्त गरेका थिए ।













