नीति बनाई समानुपातिक विज्ञापनको अवधारणा ल्याउछौं, मन्त्री सिंह
कैलाली, ३० जेठ । प्रदेश र मोफसलका मिडियालाई उपलब्ध गराउने लोककल्याणकारी विज्ञापनको नीति बनाई समानुपातिक विज्ञापनको अवधारणा ल्याउन सुदूरपश्चिम प्रदेश सरकार गृहकार्यमा जुटेको आन्तरिक मामिला तथा कानुन पृथ्वी बहादुर सिंहले बताए ।
विज्ञापन बोर्डले आयोजना गरेको विज्ञान नियमन सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम मन्त्री सिंहले यस्तो बतनएका हुन् । उनले प्रदेशतहमा पनि लगानी बोर्डको संरचना बनाउने कुरामा छलफल भईरहेको बताए । प्रदेश र स्थानीय स्तरका मिडियाहरू विज्ञापन नपाएर बन्द हुने अवस्थालाई रोक्न प्रदेश सरकार नीतिगतरूपमा अगाडि बढ्ने योजना बनाई रहेको बताए ।
कानुन मन्त्री सिंहले राज्यको शासकीय स्वरूप फेरिको बताउँदै कतिपय संरचनाको पुनः संरचना गर्न अझै बाँकी रहेको हुँदा सुदूरपश्चिम प्रदेश सरकार गृहकार्यमै जुटेको बताए ।
यस्तै भौतिकपूर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल लगायत सम्पूर्ण सरोकारवाला निकायहरूको उपस्थिती रहेको थियो ।
सरकारले यहाँको मिडियाहरुलाई व्यावस्थापन र संरक्षण गर्नु प्रदेश सरकारले बिशेष भुमिका खेल्नु पत्रकारको माग थियो ।













