लैङ्गिक उत्तरदायी बजेट निर्माणबारे छलफल
कैलाली, ३० जेठ । लैङ्गिक उत्तरदायी बजेट निर्माणबारे टीकापुर नगरपालिकामा छलफल गरिएको छ ।
नगरपालिकाको आयोजना तथा दलित महिला केन्द्र नेपालको समन्वयमा बजेट निर्माणमा लैंगिक समानता, अपांगता तथा सामािजक समावेशीकरण र लैङ्गिक उत्तरदायी कसरी बाउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।
छलफलमा लैङ्गिक उत्तरदायी बजेट निर्माणका लागि योजना तर्जुमा र कार्यान्वयनमा महिलाको सहभागिता बढाउनुपर्ने, महिलाको क्षमता अभिवृद्धि, महिलाका लागि लक्षित लाभ तथा नियन्त्रणको सुनिश्चितता गर्नुपर्ने, रोजगारी तथा आयआर्जनका कार्यक्रम अभिवृद्धि गर्ने जस्ता सवालहरु समाबेश भएको थियो ।













