बालबालिकालागि वृहत् यौनिकता शिक्षा अनिवार्य
धनगढी, २४ जेठ । किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धी काम गर्ने संस्था युथ अलाइन्स फर डेभलपमन्ट (यार्ड) संस्थाले कैलालीमा जिल्लामा काम गर्दै आएको परियोजना बारे पत्रकारहरुलाई जानकारी दिएको छ ।
संस्थाले विभिन्न विद्यालयहरू सँग साझेदारी गर्दै सुदूरपश्चिममा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा किशोर किशोरीलाई सचेत गराउदै आएको बताए ।
(यार्ड) ले गरेको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी “राइट हियर, राइट नाउ टुुु परियोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा यार्ड संस्थामा आबद्ध भएर काम गर्दै आएका महेन्द्र शाहीले विद्यालयहरू साझेदारी गरेको बताए ।
शाहिले भने ुुकिशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्यका बारेमा थाहा हुँदैन । सानै उमेरमा विवाह गरेपछि पछि उनिहरु बिभिन्न् रोगको सिकार बन्ने गर्छन् । यस कारण यस्ता समस्यालाई कम गर्न हामीले गरेकाले यो समस्या लाई कम गर्न र विद्यालय बाट नै यौन तथा प्रजनन सम्बन्धी सचेत गराउन विद्यालयहरू सँग साझेदारी गरेका छौ । ुु
साझेदारी गरीएका विद्यालयहरू मध्य पन्चोदय मावि हसनपुर ५, धनगढी,सरस्वती मावि मनहेरा ७, धनगढी, दहल मावि अत्तरिया २,गोदावरी, समैजी मावि मझगाउ ८, गोदावरी, विणा मावि रैकवार विचवा ८, कृष्णपुर रहेका छन ।
खास गरी १५ देखि ३० वर्ष उमेर समूहका किशोर किशोरी तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा काम गर्ने यो संस्थाले पछिल्लो समय सुदूरपश्चिममा विभिन्न परियोजना मार्फत यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । जसमध्ये युवा परिचालन र नेतृत्व विकास, स्वयंसेवक परिचालन र सामुदायिक विकास रहेका छन । विकासका लागि वकालत, स्वास्थ्य र सरसफाइ, व्यावसायिक सीप र प्राविधिक तालिमहरू, समावेशी तथा गुणस्तरीय शिक्षा जस्ता विषयलाई (यार्ड)ले आफ्नो कार्य क्षेत्र बनाएको छ ।
यार्डले सञ्चालन गर्ने राइट हियर, राइट नाउ टु परियोजनाले निम्न उद्देश्यहरू समेटेको छ।
किशोरकिशोरी तथा युवाहरुले आफ्नो यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारका विषयमा पूर्ण जानकारी सहित सही निर्णय लिन सक्षम हुनेछ ।
युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरूले अधिकार मुखी कार्यक्रम सञ्चालन गर्नुका साथै निर्णय युवाहरूको अर्थपुर्ण सहभागिता सुनिश्चित गर्न सक्षम हुनेछन् ।
जनमानसमा बृहत्तर यौनिकता शिक्षाको महत्त्व विषयमा सचेतनाको विकास भई युवाहरूको यौन तथा प्रजनन् स्वास्थ्य र अधिकार सुनिश्चित गर्न पैरवीको थालनी गर्ने छन् ।
विद्यालय भित्र र बाहिर रहेका बालबालिका तथा युवाहरूका लागि प्रभावकारी मूल्याङ्कन सहित वृहत् यौनिकता शिक्षा अनिवार्य रूपमा उपलब्ध भएको हुनेछ ।













