वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम

हसुलिया, २३ जेठ । विश्व वातावरण दिवसको अवसरमा कैलारी गाउँपालिका स्थित हसुलिया बजार वरपर सरसफाई कार्यक्रम गरिएको छ ।

कैलारी गाउँपालिकाको आयोजनामा ‘पृथ्वीको संरक्षणः दिगो प्रकृति मैत्री जीवनयापन’ ५१ औं विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक जन्य फोहर व्यवस्थापन तथा हसुलिया बजार सरसफाई अभियान भन्ने मुल नारा सहित सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले वातावरण सफा भए मानव जिवन स्वस्थ हुने बताए ।
सरसफाई कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी, साहस नेपाल, दलित महिला अधिकार मञ्च नेपाल, सीसीएस, ओरेक नेपाल, हसुलिया बजार व्यवस्थापन समिति, कैलारी उद्योग वाणिज्य संघ, कालिका इंगलिस बोर्डिङ स्कूल लगायतको सहभागिता थियो ।