गर्मी बढेपछि धनगढीका सडक दिउँसोमा सुनसान

कैलाली, २१ जेठ । पछिल्ला केही दिन यता तराईका जिल्लामा गर्मी बढेर जनजीवन प्रभावित बनेको छ । दिउसोतिर तातो हावा चल्न थालेपछि अत्यावश्यक बाहेक मान्छे बाहिर निस्कन छोडेका छन् ।

तीन चार दिन यता लुम्बिनी प्रदेशका रुपन्देही , कपिलवस्तु, बाँके, बर्दिया, नवलपरासी जिल्लामा अत्याधिक गर्मी बढेको छ । प्रदेशका १२ जिल्ला मध्ये ६ वटा पहाडी र ६ वटा तराईका जिल्लाहरू पर्छन् । त्यसमा अहिले तराईका जिल्लामा गर्मीले तयहाँ स्थानीयको जनजीवन प्रभावित भएको हो । गर्मीका कारण विद्यालय जान आउन कठिन भएपछि विद्यालयहरू पनि बन्द गरिएको छ ।

धनगढीमा पनि केही दिन यता गर्मी बढ्दै गईरहेको छ । यहाँका स्थानीय दिउसो १२ बजेदेखि ३ बजे सम्म बजार बाहिर निस्किदैनन् , जसले गर्दा बजार पनि सुनसान हुन्छ ।

कैलारी गाउँपालिका वडा नं. ४ का राधा चौधरी अटो चलाउँछिन् । उनी धनगढी ७ स्थित घरभाडामा बस्दै आएको बताईन् । ‘दिउसो धेरै गर्मी बढ्ने भएको हुदा मान्छे बाहिर निस्किदैनन् । त्यसैले म विहान र साझा अटो चलाउँछु । दिउँसो कोठामा अराम गर्छु ।’

धनगढी नगरपालिका वडा नं. ७ का चन्द्रवती राना (वर्ष ६८) का गर्मीले दिउसो घर भित्र बस्नै नसक्ने बताउँछिन् । उनको द्धर टिनले छाएको छ । ‘शूर्यको तापले तिनको छानो तातेपछि दिउसो घरभित्र बस्न सकिन्दैन । पंखा चलाएपछि तातो हावा फाल्छ । त्यसैले घर बाहिर छायामा बसेर दिन काट्छु ।’ राना ले भनिन् ।

उनी गर्मीले राती सुत्न सुत्न सक्दिनन् । गर्मी बढेसंगै विद्यतले बेला बेलामा लाईनपनि काट्छ, त्यस्तो बेला झन गाह्रो हुने गरेको उनी सुनाईन् । उनी भनिन् ‘राती छटपटहात हुन्छ, कहाँ जाउँ कहाँ जाउँ हुन्छ । घर भित्र गर्मी, बाहिर लामखुट्टे । राती सुत्न मुस्किल हुन्छ ।’

धनगढी ७ कै रमेश चन्द्र उपाध्यय तराई भलरेको ५ वर्ष भयो । उनलाई यहाँो गर्मी सहन निकै सकस भएको छ । उनी भन्छन् ‘बाजुरामा जन्मेको हुर्केको मान्छे, तराईको गर्मी त मेरो लागी अभिसाप जस्तै छ । सहनै सक्दिन, दिनभरि नलको चिसो पानीले नुहाई रहन्छु ।’

उनी दिउसो काम बिशेषले मात्रै बाहिर निस्किने गरेको बताए । बेला बेला लोडसेडिंगलेपनि दिक्क बनाएको बताए । उनीसंगै उनको श्रीमातिलाई पनि गर्मी सहन गाह्रो भएको छ । उनले भने ‘श्रीमतिको शरिर भरि घमौरा आएको छ । मोरो यो वर्ष अलिक कम छ ।’

एक तले पक्की घरपनि एकदमै तात्छ, दिउसो त घरभित्र बस्नै नसकिने उनी बताउँछन् । केही दिन यता झन गर्मी बढेको छ, बत्तिले सह्रै दुख दिएको गुनासो समेत गरे ।

उनले भने ‘तराई त धनी व्यक्तिको लागि मात्रै रहेछ, हाम्रो लागी होईन । यहाँ गर्मी मौसममा अत्याधिक गर्मी, चिसोमा अत्याधिक चिसो । त्यसैले यहाँ बस्नु त्यति उचित लागेन ।’