बैयलगाडामा च्यापियर एक बालकको मृत्यू
बेलौरी, १९ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका ५ रामनगरका एक बालक बैयलगाडामा खेलिरहेकोबेला च्यापेर मृत्यू भएको प्रहरीले जनएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार विहान अमर सिह चौधरीको छोरा २ वर्षिय छोरा रेगमसिह दहित (चौधरी) आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा च्यापिएको हो । बैयल गाडाको अगाडिको भाग उठ्न गई पछाडीको भागमुनि बच्चा च्यापिएर घाईते भएका थिए ।
घाईते बच्चालाई निजको बुबाले उपचारको लागी निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । घटनाबारे थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलौरीले आवश्यक अनुसन्धान बढाएको छ ।













