सुदूरपश्चिमको सडक यातायात भाडादर राजपत्रमा प्रकाशित
कैलाली, १९ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको भाडा दर राजपत्रमा प्रकाशित गरेको छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ भाडा दर प्रकाशित गरेको हो । प्रदेश राजपत्रमा प्रकाशित भाडादर लागु समेत गरिएको जनाएको छ ।
टीकापुर–बैतडीको भाडा १०११, टीकापुर–साँफेबगरको भाडा १२३६, चुनेपानी–डडेल्धुराको भाडा ४२३, टीकापुर–सिलगढीको भाडा ९४२ रुपैंया कामय गरिएको छ । यस्तै डडेल्धुरा–बैतडीको भाडा २५९ रुपैयाँ, डडेल्धुरा–खोड्पेको भाडा १३२, धनगढी–चिसापानीको भाडा २८१, धनगढी–चुनेपानीको भाडा ५७, धनगढी–चैनपुरको भाडा १०४१ रुपैया कायम गरिएको छ ।

धनगढी–डडेल्धुराको भाडा ४८०, धनगढी–टीकापुरको भाडा २९४, धनगढी–डडेल्धुरा–साँफेबगरको भाडा ९५७, धनगढी–महेन्द्रनगरको १५९ रुपैयाँ भाडा दर कमय गरिएको छ। धनगढी–साँफेबगरको ९३९, धनगढी–सिलगढीको भाडा ६९७, धनगढी–सुखड–भजनीको भाडा २४२, महेन्द्रनगर–अत्तरिया–साँफेबगरको भाडा १०२३ कामय गरिएको छ । यस्तै धनगढी –बैतडीको भाडा ७८७, गड्डाचौकी–महेन्द्रनगर–बैतडीको भाडा ८७८, धनगढी–दार्चुलाको भाडा ११५२ र महेन्द्रनगर–अत्तरिया–दार्चुलाको भाडा १२२९ कायम गरिएको छ ।













