राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल धनगढीको अध्यक्षमा आशा चौधरी

कैलाली, १६ जेठ । राष्ट्रिय सौन्दर्यकर्मीको पहिलो नगर अधिबेशनबाट आशा चौधरी अध्यक्षमा चयन भएका छन् । सौन्दर्यकर्मी युनियन जिफन्टको घटक यूनियन अन्र्तगतको राष्ट्रिय सौन्दर्यकर्मी यूनियनको अधिबेशन भएको हो ।

अधिबेशनमा अध्यक्ष सपना रोकायाको अध्यक्षतामा प्रदेश कमितिको अध्यक्ष शोभा रावलको प्रमुख अतिथ्यितामा सम्पन्न भएको थियो । अधिबेशनबाट १२ कमिति सदस्य सर्वसहमत चयन भएका हुन् ।

अधिबेशनले उपाध्याक्षमा रिना बस्नेत, सचिबमा ज्योति गुरुंग, सहसचिबमा सबिना केसी, आर्थिक सचिबमा सन्जु चौधरी रहेका छन् । यस्तै लिला भण्डारी, शोभा थापा, राजकुमारी बोहरा, उर्मिला सिंह, अनु हमाल, उषा केसी र पवित्रा सिंह सदस्यमा चयन भएका हुन् ।

कार्यक्रममा राष्ट्रिय सौन्दर्यकमीका केन्द्रीय सदस्य कमला गुरुंग, प्रदेश सल्लाहकार झुम अधिकारीको सहभागिता रहेको । कार्यक्रममा बक्ताहरुले तदर्स कमिटि कोभिडको कारण धेरै काम गर्न नपाएको बताउँदै अब आउने टिमले सबैको सहकार्य र समन्वयबाट राम्रो काम गर्ने छ भनि विश्वास व्यक्त गरे ।