कर भ्याट समस्या समाधानकोलागि ज्ञापन
कैलाली, १२ जेठ । गैरसरकारी संस्था महासंघ नेपालले मुनाफारहित कार्य गर्ने संस्थाहरुको कर भ्याटका समस्या समाधानको माग ज्ञापन गर्दै जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व कार्यालयमा ज्ञपान पत्र बुझाएका छन् ।
महासंघले नेपाको संविधान मौलिक हकको धारा १७ स्वतन्त्रताको हर उपधारा २(घ) बमोजिम तथा संघ संस्था दर्ता ऐन २०३४ अनुरुप मुनाफा हिरत संस्था र नागरिक समाजको मुमिका निर्बाह गर्दै सरकारलाई खबरदारी, समाज रुपान्तरणको लागि सचेतना, सामाजिक न्याय तथा विपद्मा उद्धार, राहत र पुर्णनिमाणको काम गर्दै आएको बताए ।

उहाँहरुले समाज कल्याण परिषदको ऐनको परिधिमा रहि अनुदान तथा सहायता प्राप्तगरि काम गर्दै आईरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । तसर्थ सामाजिक संस्थाले प्राप्त गरेको बैदेशिक सहयोग अनुदानमा भ्याट लगाउने र आर्थिक वर्षके अन्तिम मौजदातलाई नाफा भनि आयकर लिने गरि पत्रचार गर्दे कार्यप्रति असन्तुष्ट रहेको बताएका छन् ।















