मट्का चियासंगै जुजुधौ
धनगढी, १० जेठ । धनगढीमा खुलेको चिया कफि घरले मट्का चियासंगै जुजुधौ पनि उपलब्ध गराउन थालेको छ । मालपोत रोडमा रहेको चिया कफी घरले अस्पतालका बिरामी र जेष्ठ नागरिकलाई निःशुल्करुपमा चिया उपलब्ध गराउने निर्णय समेत लिएको छ।
आजबाट चिया, कफी र नास्तासँगै नेपाली खाना बिक्री गर्न थालेको चिया कफी घरका सञ्चालक खेमराज जोशीले बताए । उनले सादा खाना १८० मा उपलब्ध जानकारी दिए ।
कोराना लगत्तै चिया कफी घर सञ्चालनमा ल्याएका जोशीले अबदेखि खानाकोपनि सुरुवाट गरेका छन् । ग्राहकहरूको रुचिलाई ध्यानमा राखेर चिया कफी “घरबाट घरको जस्तै खाजा र घरको स्वाद ग्राहकले पाउने बताए।













