आज जैविक विविधता दिवस मनाइँदै
काठमाडौं, ८ जेठ । हाइकिङ, र्याली, गोष्ठी, अन्तरक्रिया लगायतका चेनतामूलक कार्यक्रम आयोजना गरी आज जैविक विविधता दिवस मनाइँदै छ।
‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौुं भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकास जस्ता मुद्दामा जैविक विविधताको महत्त्व झल्काउन सहयोग पुग्ने जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आइएको छ।
जमीन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्र सहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ। जैविक विविधता दिवसका उपलक्ष्यमा नेपालमा वन विभाग र वनस्पति विभागसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघरसंगठनका तर्फबाट हाइकिङ, र्याली, गोष्ठी, अन्तरक्रिया लगायतका चेनतामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ।
जैविक विविधताको दृष्टिले नेपाल विश्वमा धनी देशका रूपमा चिनिन्छ।













