सुदूरपश्चिम सरकार विस्तार : सात मन्त्रालयमा महिला शुन्य ।

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ । आज बसेको बैठकले सामाजिक, वन तथा पर्यटन र आर्थिक मामिला तथा कानुन मन्त्रलयमा मन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रले सामाजिक विकास र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा झपट साउद र रमेश धामी, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसका पृथ्वी बहादुर सिंह नियुक्त भएका हुन् । उहाँहरुले आजै सपथ ग्रहण गरेका छन् ।

प्रदेश सांसद गिता चौधरीका अनुसार अहिले सम्म माओवादीबाट गीता माललाई राज्यमन्त्रीको तयारी भइरहेको छ । बाँकी राज्यमन्त्री को को बन्ने हुन् नाम बाहिर आएको छैन । तर सुदूरपश्चिम प्रदेशको मन्त्रालय महिला विहिन बनेको बताईन् ।

यस्तै कमल बहादुर शाह आफू मुख्यमन्त्री भएको भोलिपल्टै २७ माघमा भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश बहादुर शाहीलाई नियुक्त गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा सात वटा मन्त्रालय छन् । जस मध्येट वटा मन्त्रालय पूर्णता पाइएको छ भने भुमि कृषि तथा सहकारी मन्त्रलाय नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरी र रामेश्वर चौधरी मध्ये एक जना मन्त्री बन्ने छन् । उन्मुक्ति पार्टीले भने नाम टुंगो लागाउन सकेको छैन ।
मुख्यमन्त्री र अघि नियुक्त भएका दुई मन्त्री दुबै पुरुष हुन् । आज नियुक्त हुनेमा तिनै जना पुरुष परे ।

मुख्यमन्त्रीले पाएका नामहरूमा अहिले सम्म राज्य मन्त्री बाहेक महिला मन्त्री हुने सम्भावना छैन। राज्य मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पाउँदैनन् । यस अवस्थामा सुदूरपश्चिम प्रदेश सभाको मन्त्रीपरिषद् बैठकमा महिला सहभागिता शून्य छ ।