संविधानमा उल्लेखित कानुन कार्यन्वयनको माग

कैलाली, ५ जेठ । राईट हेयर राईट नाउ द परियोजना अन्र्तगत निलहिरा समाजले संविधानमा उल्लेखित कानुन कार्यन्वयनको माग गरेको छ ।

यूनिभर्सल परियडिक रिभियु कलसेन्टर सुदूरपश्चिम प्रदेश कार्यक्रममा उपस्थित सहभागीहरुले सेम सेक्स म्यारिज, नागरिकता लगायत सरकारले नीति तथा कार्यक्रममा समेत आफूहरुलाई सम्बोधन हुने गरि योजना बनाउन माग गरेका थिए ।

कार्यक्रममा निल हिरा समाजका वकालत अधिकृत एन्जल लामाले कानुनीरुपमा प्राप्त अधिकारको पनि कार्यन्वय हुन नसकेको बताईन् ।

उनले भनि ‘अहिले धेरैको नागरिकतामा सच्याउनुपर्ने छ । कानुनले नागरिकता पाउँने प्रावधान पनि ल्यायो तर प्रसाशानले मेडिकल रिर्पोट माग्छ, जुन सबैके हकमा सम्भव छैन ।’

सुदूरपश्चिम समाजका कार्यक्रम संयोजक राजु लामाका अनुसार स्थानीय सरकारले नीति तथा कार्यक्रममा योजना समाबेस गर्दै आएको छ । यस्तै प्रदेश सरकारले कार्यक्रम योजना छुट्याउनु पर्छ ।