‘प्राविधिक शिक्षापनि निशुल्क हुनुपर्छ’
कैलाली, ५ जेठ । दीगो विकास तथा रोजगारीकालागि पेशागत व्यवसायीक सीपमुलक तालिमकोलागि क्वालिटि परियोजनाले सुदूरपश्चिम प्रदेश सरकारसंग सहकार्य गरिरहेको छ ।
सामाजिक विकास मन्त्रालयद्धारा आयोजित यूवाहरुकोलागि गुणस्तरीय प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम प्रादेशीक अभिमुखिकरण कार्यशालामा परियोजनाका डा उषा भण्डारीले नेपाल योजना बनाउनमा एकदमै राम्रो भएपनि परियोजना कार्यन्वयन सुधार प्रक्रिया फितलो रहेको बताए ।
उनले नेपालमा व्यवसायीक शिक्षा सुधारकोलागि सिटिभिटिको भुमिका राम्रो रहेको बताउदै व्यवसायीक शिक्षामा सरकारले दीर्घकालिन योजना बनाएर काम गर्न आवश्यक रहेको बताए ।
डा. भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै भनिन् ‘प्राविधिक शिक्षा जहिले नै महंगो हुन्छ । रोजगारी उत्पादन गर्ने शिक्षा पनि प्राविधिक शिक्षा नै हो । तर सरकार यो शिक्षालाई सरकारले निशुल्क गर्न सकेको छैन ।’
औद्योगिक प्रशिक्षार्थी तालिममा पनि विद्यार्थीहरु मासिक १८ हजार सम्म कमाईरहेको जानकारी दिदै भण्डारीले भनिन् ती प्रशिक्षार्थाीले पूर्णरुपले सक्षम भएपछि राम्रो आम्दानी गर्न सक्छन्
यस्तै कार्यक्रममा भानु पण्डितले परियोजनाको काम सिटिभिटि र मन्त्रालयबीच आन्तरिक परामर्श गरि प्रक्रिया अगाडी बढाउने तथा स्थानीय विज्ञ संलग्न गराई इजाजत पत्र दिने र कार्यविधि विकास गर्नुका साथै विद्यामान ऐन कानुन संशोधन गर्न सहजीकर गर्ने रहेको जानकारी दिए ।
कार्यक्रममा शिक्ष विज्ञ, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो ।













