महिला नेतृत्व बिच अवसर सिकाई र चुनौतिबारे अनुभव सातासात
कैलाली, ४ जेठ । दलित महिला अधिकार मञ्च नेपालले पहुँच परियोजना अन्तर्गत महिला नेतृत्व बिच अवसर सिकाई र चुनौतिबारे अनुभव सातासात गरेको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद सन्तोष शर्मा आफ्नो राजनीतिक यात्राबारे जानकारी दिदै महिलाहरुलाई नेतृत्वमा आउन सक्ने थुप्रै अवसर रहेपनि ती अवसरलाई पहिचान गर्न नसक्दा पछाडी पर्ने गरेको बताईन् ।
उनले नेतृत्वकर्तामा हुनुपर्ने गुण कहिलै विर्सिन नहुने बताउँदै भनिन् आफ्नो अन्तरनिहित क्षमताको पहिचान गरि अवसरमा परिणत गर्न सक्नुपर्ने बताईन् । नेतृत्व जहिलेपनि प्रतिनिधित्व र संगठनमा आवद्ध हुदै जिम्मेवारी बहन गर्न आश्यक रहेको बताईन् ।
उनका अनुसार महिलाहरुलाई हरेक क्षेत्रमा चुनौति छ । २०६२ २०६३ सालको जनआन्दोलनमा पनि महिलाहरुको थुप्रै योगदान छ तरपनि महिला नेतृत्वमा आउनलाई संघर्ष विसाउन पाएका छैनन् । अहिलेपनि हाम्रो समाजले महिलाको नेतृत्वलाई स्वीकार गर्न सकेको छैन ।
यस्तै महिला अधिकारकर्मी पशुपति कुँवरको पनि बेग्लै अनुभव छ । उनले भनिन् ‘स्थानीय तहको पहिलो कार्यकालमा उपमेयर वा उपाध्यक्ष अधिकांश महिला महिला नै थिए । तर उहाँहरुले सेनटरी प्याड खरिदको लागि समेत बजेट बनाउन सकेनन् अनि महिला नेतृत्व तहमा सहभागिता भएर मात्रै हुदैन ।’
महिलालाई नेतृत्व तहमा आउनकोलागि तल्लो तह सम्म संघर्ष गर्नु पर्ने अनुभव सुनाईन् । उनी तत्कालिन स्थानीय तहको मेयरमा उम्मेदवारी दिदाको तितो अनुभव सुनाईन् ।
उम्मेदवार बन्नलाई पहिलो संघर्ष टिकेट पाउनलाई हो, दोस्रो चुनाव जित्न र तेस्रो हार वा जित पछिको चुनौति बेग्ला बेग्लै छन् । महिलालाई टिकेट दिएको दिनदेखि नै हतोत्साहित गर्न पुरुषहरु नै अग्रपक्तिमा हुने गरेको उनको अनुभव छ ।
उले राजनीतिमा महिलाहरुले सिक्नुपर्ने धेरै कुरा रहेको बताउँदै अब महिलाहरुपनि कुटनीतिक राजनीति आवश्यक रहेको तर्क दिईन् । होईन भने न हार हो जित अन्तमा महिलामाथि नै प्रहार हुन्छ ।
इन्सेकका संयोजक खडकराज जोशीले जो जहाँ जसरी जोडिएका छौं हामी सबै जनताको हितमा रहेर काम गर्नुपर्छ । कामलाई प्रभावकारी बनाउन समन्वय र सहकार्य हुनुपर्छ भन्ने तर्क दिए ।
विभिन्न पार्टीबाट सहभागि भएका महिला तथा जनप्रतिनिधिहरुको एउटै स्वर थियो महिला उम्मेदवारलाई पार्टीकोपनि असहयोग हुन्छ । साथै जितेर गएपनि आफूहरुलाई हस्ताक्षरमा मात्रै सिमित पारिन्छ । आफूले कुनै खालको थोस निर्णयमा निर्णायक भुमिका खेल्न नसकेको अनुभव सुनाए ।
कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालका अध्यक्ष सावित्रा घिमिरेले कार्यपत्र प्रस्तुत गरेकी थिईन् भने सृजना पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।













