धनगढीमै खुल्यो बसेरा, जहाँ पाइन्छ थारु परिकार
कैलाली, ३ जेठ । थारु समुदायको सबै परिकार उपलब्ध हुने गरि कैलालीको धनगढीमा बसेराको उद्घाटन गरिएको छ । आज एक कार्यक्रममा बिच पर्यटन विज्ञ सञ्जय चौधरी र होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवदत्त पाण्डेले बसेराको संयुक्त उद्घाटन गरेका हुन् ।
५० लाख भन्दा बढिको लगानीमा धनगढीका ५ युवाहरुले बसेराको स्थापना गरेका छन् । बसेराको अर्थ थारु भाषामा बासस्थल भन्ने हुन्छ ।
ढिक्रि, अन्दीको भात, कचरिक बरिया, थारु आलु, सुतही, घोगि,, लोकल कुखुरा, नदिको तिलोरी माछा लगायत थारु परिकार पाइने बसेरामा आवासको सुविधा पनि छ ।

यहाँ १२ कोठा छन् । ८ सय देखी १ हजार ८५० रुपैया सम्ममा कोठा उपलब्ध गराइने संञ्चालक प्रदीप कुमार चौधरीले जानकारी दिए ।
‘थारु समुदायमा नै थारु परिकारहरु खानको लागि पर्व कुर्नु पर्ने अवस्था आएको छ’ उनले भने ‘थारु परिकार सधै पाउनु पर्छ भन्ने उद्देश्यले बसेरा स्थापना गरेका हौँ ।’
उनका अनुसार यहाँ परम्पाागत शैलीमा खाने व्यवस्था गरिएको छ । थारु हस्तकलाहरु, लोप हुँदै गइरहेको परिकार तथा पोशाकहरु पनि बिक्रि वितरण गर्ने तयारी भइरहेको चौधरीले बताए ।

‘हामीले मिनि थारु संग्राहलय स्थापना गर्ने पनि तयारी गरिरहेका छौँ’ उनी भन्छन् ‘यहाँ आउने हरेकले थारु सस्कृति र सभ्यता बुझ्ने छन् । ’
पर्यटन विज्ञ चौधरीले सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवद्र्धनमा बसेराले भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘हामीले संस्कृती र पहिचानलाई जोड दिनु पर्छ । यहि हेर्न विश्वभरीमा पर्यटनकहरु यहाँ आउँछन् भने लाग्छ’ उनी भन्छन, ‘बसेराले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो भूमिका खेल्न सक्छ ।’













