हावाहुरीले कैलारीमा विद्युत सेवा अवरुद्ध
कैलाली, २ जेठ । साँझा आएको हावाहुरीका कारण विद्युतको पोल भाँचिदा कैलालीको कैलारी गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरण धनगढीका प्रमुख सूर्य नारायण मण्डलका अनुसार कैलारी गाउँपालिकाको विभिन्न ठाउँमा पोलहरु भाँचिएको बताए । उनका अनुसार विद्युतको पोल भाँचिदा सेवा अवरुद्ध भएको हो । समस्या समाधानको प्रयास जारी रहेको उनले बताए ।













