थारुकल्याकारिणी सभा गोदाबरीको नगर अधिबेशन सम्पन्न

कैलाली, २ जेठ । थारु कल्याणकारिणी सभा कैलालीको गोदावरी नगर समितिको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनमा थाकस कैलालीको कार्यबाहक सभापती माधब चौधरीले थारु कल्याणकारिणी सभा थारु समुदायको छाता संगठन भएकोले संस्थालाई मजबुद बनाउन सम्पुर्ण थारु गोल्बन्ध हुन जरुरी रहेको बताए ।

थारुहरुले संविधान प्रदत्त पाउनु पर्ने सम्पुर्ण हक अधिकारकोलागि पनि एक हुन आवश्यक रहेको उनको तर्क थियो । उनले थारु कल्याणकारिनी सभा बिगत देखि हाल सम्म सडक संघर्ष गर्दै यहाँ सम्म आईपुगेको ईतिहासबारे जानकारी गराए ।

का.बा. अध्यक्ष चौधरीले संस्थालाई सुदृढीकरणकोलागि स्थानीय तहदेखि केन्द्रसम्म अभियान चलाउन पनि जोड दिए ।

नगर अधिबेशनबाट जनकलाल चौधरीको नेतृत्वमा १२ सदस्यीय समिती गठन भएको छ । उपाध्यक्ष मा फकलु चौधरी, रन्जिता चौधरी सचिब फुलाराम चौधरी कोसाध्यक्ष शोभा चौधरी सह सहसचिब कल्पना चौधरी चयन भएका छन । अधिबेशनको प्रमुख अतिथि वडा न ८ का वडा अध्यक्ष गोबिन्द चौधरी रहेका थिए ।