रेशम चौधरीको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं, १ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगमा न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार सुनुवाइ हुने भएको हो। यो मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालतले भने उनीहरूलाई दोषी ठहर गरिसकेका छन् ।

यसविरुद्ध दुवै पक्षले सर्वोच्चमा पुनरावेदन गरेका छन्। ती निवेदनमा वैशाख २५ गते सुनुवाइ सुरु भएको हो। यसअघि प्रतिवादी चौधरी पक्षका कानुन व्यवसायीले बहस गरेका थिए। सोमबार सरकारी वकिल र विपक्षीका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूको बहसपछि निवेदक चौधरी पक्षले जबाफी बहस गर्नेछन्। पश्चिम टुडेबाट ।