सिकलसेल विशेषज्ञ डाक्टरबाट नयाँ खोज हुनु पर्छ : डा. सुमन

‘सामाज रुपान्तरणके लाग बातचित घर’ मा सिकलसेल रोग सम्बन्धी जनचासोको विषयमा सुनिता चौधरीले डा. सुमन चौधरीसंग गरेको कुराकानीको बाँकी अंश …..

सिकलसेल रोग भनेको के हो जानकारी गराई दिनु न ?

सिकलसेल रोग बन्शाणुगत रोग हो । यो रोग आमा बुवाको जिनबाट सर्ने गर्दछ । यो समस्या आमा बुवामा छ भने छोरा छोरीमा पनि देखिन सकन्छ । यो रोग सरुवा रोग होईन जिनबाट आउँछ ।

यो रोगको लक्ष्ण के हो ? सिकलसेल लाग्यो भने कसरी थहाँ पाउँने ?

सिकल सेल डिजिज जस्कोमा देखिएको छ उसलाई हात खुट्टा दुख्ने, जोर्नीहरु सुनिने, दुख्ने, रगतको मात्र कम हुने, स्याँस्याँ हुने, पेट दुख्ने, आखाँ पहेलो हुने अर्थात जनिडस हुने लगायतको समस्या देखिन्छ । कुनै कुनै विरामीमा अधिक मात्रका ज्वरो आउने र रगतको मात्र कम हुने गरेको लक्ष्णहरु देखिन्छ । यदी यस्तो लक्ष्ण देखिएमा तुरुन्तै सिकलसेल रोगको जाँच गराउनु पर्छ । जति छिटो रोग पहिचान भयो, त्यति चाँडो उपचार गर्न सजिलो हुन्छ ।

सिकलसेल डिजिज र टे«ड बिचको फरक के हो ?

सिकलसेल डिजिज भित्रपनि तीन प्रकारको क्याटागोरी छ । जस्तै सिमलसेल एनिमिया, सिकल होमोगोलोमिन सि र सिकल मिथेसिया । टे«ड भनेको छुट्टै हो । डिजिजमा लक्ष्ण देखा पर्छ भने टे«डमा लक्ष्ण देखा पर्दैन तर पुस्तौं पुस्ता सम्मपनि सर्दै जान सक्छ ।

सुदूरपश्चिममा सिकलसेलको उपचार कुन कुन अस्पतालमा हुन्छ ?

सिकलसेलको जाँच प्राय सबै सरकारी अस्पतालमा निशुल्क हुन्छ । तर सुदूरपश्चिम प्रदेशको हकमा सेती प्रादेशीक अस्पतालमा सबै किसिमको उपचार हुन्छ । त्यसैगरि टीकापुर अस्पताल, घोडाघोडी र महाकाली अस्पतालमा पनि सिकलसेलको जाँच र उपचार हुदै आएको छ ।

सिकलसेल प्रभावितहरुको परिवारमा समाजले कस्तो खाले असर वा प्रभाव पारेको छ ?

सिकलसेल नयाँ रोग होईन, विश्वमा पनि पहिलैदेखि देखिएको छ । एशियन, अफ्रिका र अमेरिकन मुलुकमा पनि देखिएको रोग हो । तर नेपालको हकमा विशेष गरि थारु समुदायमा बढी मात्रमा देखिएको छ । सिकलसेलको विरामीको तथ्यांक हेर्दा ९७.७ प्रतिशत देखिएको छ । तर पनि एकदमै डराउनु पर्दैन । किन की रोग लागि सकेका विरामीहरुलाई सबै उपचार सेती प्रादेशीक अस्पतालमा निशुल्क छ । सिकलसेल जाँच, रगत औषधी लगायतको सुविधाहरु निशुल्क छ । सरकारले प्रति विरामी एक लाख रुपैया बराबारको सेवा दिन्छ । उपचार नीजि अस्पतालमा पनि हुन्छ तर आर्थिक भार एकदमै महंगो पर्न जान्छ ।

सिकलसेल विरामीहरुको गुनासो यहाँ उपचार सहज छैन । उपचारलाई बनाउन सरकारले के गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ?

सिकलसेलका विरामीको संख्या दिनदिनै बढ्दै गईरहेका छन् । यसलाई व्यवस्थापन गर्न सरकारलाई सहज त छैन । गाह्रो विषय हो तर पनि सरकारले सिकलसेल विरामीको लागि छुट्टै अस्पतालको व्यवस्था गरिदिए राम्रो हुथ्यो । राज्यले विरामीहरुलाई यातायात खार्च, निशुल्क रगत जस्तो सुविधापनि दिदै आएको छ । यतिले समस्या समाधान हुदैन । राज्यले सिकलसेलको विषयमा विशेषज्ञ डाक्टरहरुसंग रिसर्च गराउनुपर्छ र नयाँ नयाँ खोज अनुसन्धान गर्न सके राम्रो हुन्थ्यो ।

सिकलसेल न्यूनिकरणकोलागि समुदायमा कस्को भुमिका के हुन्छ ?

सर्व प्रथम त समुदायमा सिकलसेल रोगको पहिचान हुनुपर्छ । परिवारमा कसैलाई यो रोग देखा परेको छ भने अन्य सदस्यहरुपनि जाँच गराउनु पर्छ । उपचारकोलागि सरकारी अस्पतालले जुन सेवादिईरहेको छ त्यस बारे सबैले जानकारी पाउँनु पर्छ ।