नियमित खोप छुटेका बालबालिकालाई खोप लगाइँदै

काठमाडौं, ३१ वैशाख । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप लगाउँदैछ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदैछ।

सरकारले यही वैशाख १५ गते नियमित खोप दिएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत खोज र खोप अभियान सञ्चालन गरेको छ।

मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदैछ। रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेरका बालबालिकालाई खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ।