म्युरल आर्ट मार्फत बाढी सम्बन्धी जोखिम सञ्चार

बर्दिया, २९ वैशाख । मनसुन सुरू हुने समय नजिकिँदै गर्दा सम्भावित बाढीका घटनाहरूको प्रभावकारी प्रतिकार्यका लागि यूवायूवतिहरुले समुदायलाई तयारी अवस्थामा राख्न म्युरल आर्ट (भित्ते चित्र) सम्बधी सञ्चार प्रवाह गरिरहेका छन् ।

बर्दियाको गेरूवा र कर्णाली नदीको बीचमा रहेको राजापुर नगरपालिका बाढीबाट प्रभावितलाई जोखिमबाट बच्नकोलागि यस्तो आर्टको सुरुवाट गरेका हुन् ।

राजापुर नगरपालिकामा पूर्वसूचना प्रणाली स्थापना गरिएको भएपनि डुबानका कारण घर तथा कृषि जमिन डुबान हुने समस्याले धन जनको ठूलो क्षति व्यहोर्नु परेको छ ।

विपद्बाट उत्पन्न परिणामले समुदायलाई बाढीको जोखिम सम्बन्धी प्रभावकारी सञ्चार गर्न म्युरल आर्ट
(भित्ते चित्र) ले एउटा सशक्त औजारका रूपमा प्रयोग गरिएको हो ।