बगर खेतिको खरबुजा : डल्लबको सहारा लिएर शहर पसिन् सुनिला
कैलाली, २७ बैशाख । धनगढी उप–महानगरपालिका वडा १७ पटेला गाउँका सुनिला चौधरी डल्लब भरि खरबुजा लिएर शहर पसेकी छिन् । उनी पटेला स्थित खुटिया नदीको बगरमा खरबुजा खेती गर्दै आईरहेको बताउछिन् ।
यो वर्ष उनी १० कट्ठामा खरबुजा रोपेकी छिन् । वर्षैदेखि बगर खेती गर्दै आएकी सुनिता सिजनको ३ लाख रुपैया सम्मको कारोबर हुने गरेको बताईन् ।

उनी आफूले उत्पादान गरेको खरबुजा गाउँ गाउँ गएर आफै बेच्ने गरेको सुनाईन् । उनका अनुसार गाउँमा जाँदा प्रतिदिन ११ देखि १५ हजार बराबरको खरबुजा बेचेको थिए । आजदेखि शहर भित्र छिरेका छौं, दिनभरिमा २०–२२ हजार सम्म बेच्न सक्छौ भनि अनुमान गरेको छु ।

उनी बगर खेतिबाटै छोरा छोरी बढाउनेदेखि घर खर्चको जोहो गर्ने गरेकी छिन् । अफ सिजनमा उनी तरकारी खेतिपनि गर्दैआएको सुनाईन् ।













