चराविद् डगौरा राष्ट्रिय युवा प्रतिभा सम्मानमा छनौट
धनगढी, २६ वैशाख । कैलाली स्थित भजनी नगरपालिका ६ का चराविद् हिरुलाल डगौरा राष्ट्रिय प्रतिभा सम्मानको लागि छनोट भएका छन् ।
केही वर्ष यता उनी चरा संरक्षणमा क्रियाशील छन् । उनको त्यो क्रियाशीलता देखेर युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०७९–८० मा प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मानकालागि वातावरण संरक्षण विधामा छनोट भइका हुन् ।
सम्मानका लागि नेपाल सरकारले छनोट गरेकोमा उनी खुशी रहेको बताए । नेपाल पंछी संरक्षण संघ (बीसीएन) मा चरा विज्ञको रुपमा कार्यरत रहेको उनी बताए । डगौरा सुदूरपश्चिम प्रदेशमा दुर्लभ गिद्ध, खरमजुर, सुनौलो तोप चराको हरेक वर्ष अनुगमन गर्दै आएका छन् ।













