बाजुरामा एकै रात तीन पटक भूकम्पको धक्का
बाजुरा, १५ बैशाख । बाजुराको दहकोट केन्द्रविन्दु भएर तीन पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति छुट्टाछुट्टै समयमा भूकम्प गएको हो।
राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलब नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलब नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
भूकम्पको क्षतिबारे भने अहिलेसम्म जानकारी आएको छैन। यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर तीन दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।













