कुमारी बैँकले मनोज थारुको उठिबास गरेको घट्नाप्रति ध्यानाकर्षण
कैलाली, १४ बैशाख । कुमारी बैंकले धनगढी उपमहानगरपालिका ५ तारानगरका मंगल चौधरीको छोरा मनोज चौधरी (थारु) को परिवार सहित उठीवास हुने गरी कुमारी बैंकले धितो लिलाम गरी सुनियोजित ढंगले विक्रि समेत गरिसकेको गैर जिम्मेवारीपुर्ण कार्य प्रति थारु कल्याणकारीणि सभा कैलाली लगायत थारु संस्थाले गम्भीर ध्यानाकषर्ण गरेको ।
कुमारी बैँक, सुशिला एण्ड श्रृजना ट्रेडर्स प्रा.लि. का शेयर धनी सन्तोष आचार्य, सुशिला खतिवडा र तेजराम चौधरीको मिलोमतोमा थारुलाई घरवास विहिन बनाउनु किमार्थ पनि राम्रो कार्य नरहेको विज्ञप्तीमा उल्लेख छ ।
थाकसको का.बा. अध्यक्ष माधव चौधरी,द्धारा हस्ताक्षर विज्ञप्तीमा निज शेयर धनीहरु र कुमारी बैँकले जग्गा सकार गरी गरेको खुलायाम बदमासीका कारण सोझासाझा व्यक्ति घरवार विहिन हुनु भनेको पिडितको पक्षमा सरकार विहिनताको आभास भएको लेखिएको छ ।
थारुले २०७९ चैत २८ गते थारु कल्याणकारिणी सभा कैलाली कार्यालयमा न्याय गरि पाउँ भनि दिएको निवेदन अनुसार सुशिला एण्ड श्रृजना ट्रेडर्स प्रा.लि.ले कर सेवा कार्यालयबाट २०७२ असोज २८ गते प्राप्त गरेको कर चुक्तामा कम्पनीले जम्मा १३ लाख १० हजार ७५० रुपैयाको कारोवार रहेकोमा २०७२ कार्तिक १९ मा भक्तपुरको लोकन्थली स्थित एपेक्स डेभलप्मेन्ट बैँक हाल (कुमारी बैँक) ले ३ करोड रुपैयाको भारी परिमाणको ऋण व्यवस्थापन गर्नु स्वाभाभिक रुपमा बैँकको कमजोरी हो भन्ने थाकसको ठहर छ ।
थाकसले कुमारी बैँक, बिचौलिया र जग्गा सकार गर्ने शैलेश कुमार सिंहको सुनियोजित रुपमा मिलोमतो गरी फसाएकोले निज पिडित मंगल कुमार चौधरीलाई न्याय गरी दोषीहरुलाई कडा भन्दा कडा कारवाही गर्न आग्रह समेत गरेको छ ।













