मुलुकको अर्थतन्त्र सुधार हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, १० बैशाख । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधार हुने बताएका छन् । उनका अनुसार अर्थतन्त्र गम्भीर संकटमा नरहेको बताउँदै
सरकारले समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल सुधार हुने बताए ।

उनले सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन । श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताए ।

उनका अनुसार सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको उनको भनाई थियो । अर्थतन्त्र सुधार गर्नको लागि प्रधानमन्त्री स्वयंले अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रकासँग छलफल गरिरहेको जानकारी समेत दिए ।