जिल्ला बार एशोसियशनको अध्यक्षमा लेखक
कैलाली, ९ बैशाख । जिल्ला बार एशोसियशन कैलालीको अध्यक्षमा इन्द्र प्रसाद लेखक चयन विजय भएका छन् । लेखक ७०मत प्राप्त गर्दा उनको प्रतिद्धन्दी राजेन्द्र बहादुर केसी २५ मत प्राप्त गरेका हुन् ।
यस्तै उपाध्यक्षमा ६५ मत ल्याएर देवराज भट्ट विजय भएका छन् । हिमाल विक्रम विष्ट २८ मत ल्याएका थिए । सचिबमा रमेशलाल क्षेत्री विष्टले ६१ मत ल्याएर विजय भएका छन् । भने उनको प्रतिस्पर्धी उद्धब बहादुर क्षेत्री ३२ मत ल्याएका हुन् ।
काषाध्यक्षमा किशोर कुमार चौधरीले ७० मत ल्याएर लहानुलाई पराजय गरेका हुन् । लहानुले २३ मत ल्यएका थिए । यस्तै सदस्यमा शुभास चन्द्र उपाध्यय, नैनबहादुर वडायक, मिनबहादुर बोगटी, शिवचरण चौधरी, लोकबहादुर चौधरी, कृष्ण प्रसाद सुवेदी, कर्णसिंह महरा र तारानाथ चौधरी विजय भएका छन् ।













