नास्ट कजेलले आफ्ना विद्यार्थीलाई अनुसन्धान विधि सिकाउँदै

कैलाली, ७ बैशाख । धनगढी स्थित नास्ट इन्जिनियरिंग कलेजले आफ्ना विद्यार्थीलाई किताब भन्दा बारिहको ज्ञान हासिल गर्न विभिन्न विषयमा अनुसन्धान गर्न सिकाईरहेको छ ।

कलेजले यहाँ अध्ययनरत विद्यार्थीहरुकालागि आजदेखि दुई दिने रिसर्च कार्यशाला गोष्ठी सञ्चालन गरेको हो । गोष्ठीको उद्घाटनमा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका उपसचिब गणेश बहादुर सिंहले कजेज र प्रदेश सरकारबिच समन्वयको अभाव रहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारलाई उच्च शिक्षासंगै प्राविधिक शिक्षामा काम गर्ने नीति तर्जुमा गरेपनि समन्वयको अभावले गर्न चाहेको काम पुराहुन नसकेको बताए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक डा. नवराज धामीले शिक्षक राम्रो भएपछि विद्यार्थी आफै राम्रो हुने बताए । उनले राम्रो शिक्षकलाई कलेजले मात्रै होईन सरकारलेपनि प्रोत्सहान गर्नु आवश्यक रहेको बताए ।

नाष्ट कलेजका निर्देशक शिवहरी शर्मा मुडभरिले शिक्षा कहिलैपनि निजी वा सरकारी हुदैन । जुनसुकै विद्यालयको पाठ्यक्रम एउटै हो । तर पढाउने विधि फरक हुन सक्छ । त्यसैले सरकारी होस् या निजी विद्यालयका शिक्षकले समय अनुकुल पढाउने विधि विद्यार्थीको सिकाई अनुकुल बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा नास्टका विद्यार्थी, लेक्चर, पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।