कैलारी गाउँपालिकामा विशेष स्वास्थ्य शिविर सञ्चालन हुने

कैलाली, ७ बैशाख । कैलारी गाउँ पालिकामा यहि बैशख १६ गते निशुल्क विशेष स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

पालिकाको समन्वयमा लायन्स क्लब धनगढी र निसर्ग अस्पतालको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने पालिकाले जानकारी दिएको हो ।

शिविरमा स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नसारोग, मानसिक रोग, बालरोग तथा दन्त रोगका विशेषज्ञ डाक्टरद्धारा स्वास्थ्य परिक्षण हुने जनाएको छ । साथै रोगको प्रकृति अनुसार चिकित्सकले सिफारिस गरेको औषधीहरु निशुल्क वितरण गर्ने, आवश्यकता अनुसार ल्याव सेवा उपलब्ध गराउने कैलारी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज नरेश चौधरीले बताए ।

उनका अनुसार सेवा लिन आएका सेवाग्राहीलाई मनोसामाजिक परामर्श, स्वास्थ्य शिविरमा शल्यकृयाकोलागि सिफासिर भएका विरामीलाई ल्याव सेवा २५ प्रतिशत र अप्रेसन शुल्क १५ प्रतिशत छुटको व्यवस्था हुने भएको छ । स्वास्थ्य शिविर कैलारी गाउँपालिकाको सभा हलमा हुने भएको छ ।